काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १२ जनामध्ये चार जान महिला छन् ।
मन्त्रालयका अनुसार मोरङकी ५६ र ६५ वर्षीया महिला, भक्तपुरकी ६४ वर्षीया महिला र मकवानपुरकी ७१ वर्षीया महिलाको मृत्यु भएको छ ।
त्यस्तै उदयपुरका ५२ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिरहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय, कास्कीका ५२ वर्षीय र रुपन्देहीका ६० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार:
गएको २४ घण्टामा १६९ जना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २० हजार २४२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ ।
संस्थागत आइसोलेसनमा ९ हजार ५७३ जना छन् । होम आइसोलेसनमा ६ हजार ४४६ जना छन् ।
आज जम्मा १० हजार २२९ पिसिआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा ६ लाख ५८ हजार ११० पिसिआर परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबट मृत्यु हुनेको संख्या १९५ पुगेको छ । संक्रमणको तुलनामा मृत्युदर ०.५३ प्रतिशत हो ।