बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
सिरहाको सुखीपुर नगरपालिका-८ का ६५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो ।
रुघाखोकी र उच्च ज्वरोको समस्या देखिएपछि उनलाई भदौ ६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।
उनको स्वाब संकलन गरि परीक्षण गर्दा भदौ ८ गते ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार, उनको बिहीबार राति ७ बजेतिर आईसीयूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।
यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ ।