जेठ ०५, २०८१, शनिबार
               

धरानमा एक महिला र पुरुष गरी दुईजना कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिला र पुरुष गरी दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने संक्रमितमा झापा जल्लिाको दमक– ३ निवासी ८३ वर्षीय पुरुष र मोरङस्थित बेलबारी–५ निवासी ५६ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको उक्त अस्पताल स्रोतले जनाएको छ ।

प्राप्त जानकारी अनुसार ८३ वर्षीय पुरुषको आज बिहान ३ः४५ बजे र ५६ वर्षीया महिलाको ३ः१४ बजे मृत्यु भएको अस्पताल स्रोतको भनाइ छ । देशमा पछिल्लो समय कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढीरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि