जेठ ०५, २०८१, शनिबार
               

धरानमा एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

सुनसरी । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार गत साउन ३० गते प्रतिष्ठान भर्ना भएका उक्त ६८ वर्षीय पुरूषको मृत्यु भएको हाे । 

उनको ७ गते कोरोना पोजिटिभ देखिएको थियो । अत्यधिक  खोकी, श्वास फेर्नमा समस्या, ज्वरोको समस्या देखिएपछि उनलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो।

उनको आइसियुमा उपचारकाे क्रममा मृत्यु भएको हो। 


कस्तो लाग्यो ?

यो पनि