जेठ ०५, २०८१, शनिबार
               

कोरोनाबाट प्रदेश नं २ मा अहिलेसम्म ७२ जनाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

जनकपुरधाम । प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमणबाट आठ जनाको मृत्यु भएको छ भने १२४ जना नयाँ संक्रमणमित थपिएका छन् । प्रदेशको समाजिक विकास मन्त्रालयले आज जारी गरेको तथ्याङ्कअनुसार सो अवधिमा बारामा पाँच, पर्सामा दुई र धनुषामा एक  गरी आठ जनाको कोरोनाको कारण मृत्यु भएको हो । प्रदेशमा कोरोनाको संक्रमणमणबाट मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ ।

साथै सोही अवधिमा सप्तरीमा ३२, सिरहामा चार, धनुषामा ३७, महोत्तरीमा ६, सर्लाहीमा तीन, रौंतहटमा ६, बारामा १० र पर्सामा २६ गरी १२४ जना नयाँ संक्रमणमित थपिएको हो । अब कूल संक्रमितको सङ्ख्या नौं हजार ५५१ पुगेको छ । सोमध्ये आज ५७ जनासमेत गरी चार हजार ४९६ जना उपचार गराएर घर फर्केका छन् ।

यसैबीच, यस प्रदेशअन्तर्गत १९६ क्वारेन्टिनस्थलमा ८१२ जना बसेका छन् भने होम क्वारेन्टाइनमा दुई हजार ५५४, आइसोलेशनमा एक हजार १२१ र होम आइसोलेशनमा तीन हजार ८६२ जना बसेका छन् ।


कस्तो लाग्यो ?

यो पनि