जेठ ०५, २०८१, शनिबार
               

धनुषामा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

जनकपुरधाम । धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका- ४ का ४५ मृतक पुरुषमा कोरोना पुष्टि भएको छ ।  रुघाखोकी, ज्वरो देखिएपछि बुधबार प्रादेशिक अस्पताल जनकपुधामा उपचारका क्रममा मृत्यु भएका उनमा कोरोना पुष्टि भएको हो । 

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार मृत्युपश्चात् स्वाब सं‌कलन गरी परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । 

रुखा खोकीका अलवा मृतक पुरुषमा मधुमेह र क्षयरोगजस्ता समस्या पनि थिए । धनुषामा योसँगै कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि