जेठ ०५, २०८१, शनिबार
               

कोरोना कहर : बिहीबार बनेका ३ दुखद् रेकर्ड

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । आज बिहीबार नेपालमा कोरोना संक्रमणमा ३ वटा दुखद् रेकर्ड बनेका छन् । कोरोना संक्रमण बढ्दो क्रममा रहेकाेले प्रत्येक दिन संक्रमण, मृत्यु र लक्षणसहितकाे संक्रमणदर बढ्ने क्रममा आज रेकर्ड बनाएकाे हाे । 

स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार बिहीबार १ हजार १११ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा एकैदिनमा थपिएको यो उच्च संख्या हाे । 

त्यस्तै सबैकाे चासोकाे केन्द्र तथा संघीय राजधानी काठमाडौं उपत्यकामा पनि आजसम्मकै धेरै कोरोनाभाइरस संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार बिहीबार काठमाडौंमा २७०, भक्तपुरमा ४१ र ललितपुरमा ६६ गरि ३७७ जना कोरोना संक्रमित थपिएका छन् । 

साथै स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ जना पुरुषकाे मृत्यु हुँदा ५ जना महिलाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका १/१ जना गरी ५ जना महिलाकाे मृत्यु भएकाे हाे । योसँख्या पनि दुखद् रेकर्ड हाे । 

आज देशभर १२ हजार ६२९ जनाकाे पिसिआर परीक्षण गरिएकाे थियो भने ५६९ जनाले कोरोना जितेर घर फर्केका छन् । 


कस्तो लाग्यो ?

यो पनि