जेठ ०५, २०८१, शनिबार
               

कोरोनाबाट आज ५ महिलासहित ८ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  जानकारी दिए । 

यससँगै नेपालमा कोरोना संक्रमणका कारण १८३ जनाको मृत्यु पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार आज ५ जना महिला र ३ जना पुरुष गरी ८ जनाकाे मृत्यु भएकाे हाे । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज काठमाडौं, पर्सा र कपिलबस्तुका १/१ पुरुषकाे मृत्यु भएकाे हाे ।

त्यस्तै ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका १/१ जना गरी ५ जना महिलाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि