जेठ ०८, २०८१, मंगलबार
               

बाँकेमा कोरोनाका कारण ७० वर्षीया महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

बाँके ।बाँकेमा एक  ७० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । 

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-७ की ७० वर्षीया महिलाको बिहीबार मृत्यु भएको हो ।

उनको मृत्यु आइसियुकक्षमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका डाक्टर दिनेश श्रेष्ठका अनुसार महिला कोरोनाका अतिरिक्त दम रोगबाट पीडित थिइन् । स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई आईसीयुमा राखेर उपचार गरिएको थियो ।

उनी भदाै ३ मा दम बढेपछि नेपालगञ्जको नर्सिङ होममा भर्ना भएकी थिइन् । स्वाब संकलग गरी पीसीआर गर्दा उनमा कोरोना पुष्टि भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि