जेठ ०८, २०८१, मंगलबार
               

कोरोनाका कारण बाराकी एक गर्भवतीको मृत्यु, मृतकको संख्या १५ पुग्यो

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

बारा । बारामा कोरोना संक्रमणका कारण एक गर्भवती महिलाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुने महिला बाराको सुवर्ण गाँउपालिका वडा नम्बर ४ की हुन् । 

बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राका अनुसार भदौ ८ गते स्वाब संकलन गरी नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा परीक्षण गरउँदा उनमा  १० गते कोरोना पुष्टि भएको थियो । उनको सोही नारायणी अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । 

उनमा स्वासप्रश्वासमा समस्याका साथै  उनमा ज्वरो र पखालाको समस्या थियो । गर्भवती महिलाको मृतकसँगै बारा जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ पुुगेको छ ।

यो पनि