जेठ ०८, २०८१, मंगलबार
               

वीर अस्पतालका ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । वीर अस्पतालमा कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मी तथा चिकित्सकको संख्या ३० पुगेको छ ।

बुधबार चिकित्सक तथा नर्ससहित थप पाँच जनालाई कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए ।

नाक, कान, घाँटी विभागका एक डाक्टर, महिला वार्डमा कार्यरत दुई नर्स र सहायक स्तरका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अुनसार केही संक्रमित कर्मचारीलाई वीर अस्पतालकै आइसोलेसनमा राखिएको छ भने केही कर्मचारी होम आइसोलेसनमा छन् ।

अस्पतालका सबै सेवा भने सञ्चालन भइरहेको छ । 

यसैबीच, देशभर चार सयभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि