जेठ ०८, २०८१, मंगलबार
               

बुटवलमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ११, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

बुटवल । रुपन्देहीको बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ७० वर्षीया महिला छिन्।

साउन २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा थिइन् । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई कोरोना विशेष अस्पताल भर्ना गरिएको थियो ।

चार दिनदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

यसअघि हिजो (बुधबार) राति सोही अस्पतालमा उपचाररत कपिलवस्तु तौलिहवाका ५० वर्षीय कोरोना संक्रमितको पुरुषको मृत्यु भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि