जेठ ०८, २०८१, मंगलबार
               

महाराजगञ्ज वृतका २२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

वृत्तमा कार्यरत अधिकृतसहित २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो । 

यसअघि हत्या आरोपमा पक्राउ परेका एक थुनुवा र इन्सपेक्टर सहित ९ जनालाई कोरोना संक्रमण देखिएको थियो ।

संक्रमित प्रहरीको कन्ट्याक्ट ट्रेसिङका आधारमा पीसीआर जाँच गर्दा थप १३ जना प्रहरीमा संक्रमण देखिएको हो ।

‘मनमैजु हत्याकाण्ड’का आरोपी आङदोर्जे शेर्पालाई साउन ३१ मा पक्राउ गरी थुनामा राखिएको थियो ।

उनको पीसीआर परिक्षण रिपोर्ट पोजेटिभ आएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरीको जाँच गर्दा उनीहमरुमा संक्रमण देखिएको हो ।


कस्तो लाग्यो ?

यो पनि