जेठ ०८, २०८१, मंगलबार
               

प्रदेश नं २ मा थपिए २४६ सङ्क्रमित

नेपाल फ्ल्यास
भदौ १०, २०७७

ADVERTISEMENT

प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा २४६ नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार सो अवधिमा सिरहामा दुई, धनुषामा ३३, महोत्तरीमा २०, सर्लाहीमा ७०, रौंतहटमा १३, बारामा ५३ र पर्सामा ५४ जना नयाँ सङ्क्रमित थपिएका हुन् । 

यसका साथै, अव सङ्क्रमितको सङ्ख्या नौं हजार ४२७ पुगेको छ । सोमध्ये आज १२८ जना उपचारपछि घर फर्केका छन् । यस प्रदेशमा अहिलेसम्म चार हजार ४३९ जना उपचार गराइ निको भएर घर फर्केका छन् ।

साथै प्रदेशका १९६ क्वारेन्टिनमा ८८१ जना छन् भने होम क्वारेन्टिनमा दुई हजार ५८८, आइसोलेशनमा एक हजार १२० र होम आइसोलेशनमा तीन हजार ८०४ जना रहेको समाजिक विकास मन्त्रालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि