मंसिर ०७, २०८१, शुक्रबार
               

एकै रात तीन संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुने क्रम बढ्दै गएको छ । 

बुधबार बिहानसम्म प्राप्त विवरणअनुसार मंगलबार राति मात्रै तीन जना संक्रमितको मृत्यु भएको छ । 

ललितपुर, बाँके र विराटनगरमा तीन जना संक्रमितको मृत्यु भएको हो ।

ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत काठमाडौंका ५४ वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमित ती पुरुष गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

यसैबीच, गएराति नेपालगञ्जमा ३७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

नेपालगञ्ज–१ का पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश बाबु श्रेष्ठले बताए । 

प्रदेश १ को विराटनगर–१५ मिल्स एरिया घर भइ बिराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ ।

मंगलबार दिउँसो विराट मेडिकल कलेज भर्ना भएकी महिलाको गएराति मृत्यु भएको हो ।

संक्रमित महिलालाई श्वासप्रश्वासमा समस्या देखिनुका साथै  निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि