बैशाख २२, २०८१, शनिबार
               

उपत्यकामा निषेधाज्ञा जारी राख्न सिफारिस

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । उपत्यकाका मेयर र प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेका छन् ।

तीन जिल्ला प्रमुखसहित कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र, पालिका मेयरको बैठकले थप एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।

जिल्ला प्रशासन काठमाडौंका एक अधिकारीका अनुसार गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिएर प्रशासन कार्यालयहरुले निर्णय गर्ने तयारी गरेका छन् ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गर्न सिफारिस गरेको एक स्रोतले जानकारी दियो । बैठकमा सहभागी मेयरहरुले निषेधाज्ञा जारी राख्नुपर्ने बताएका थिए ।

यसअघि उपत्यकाका सीडीओहरुले ३ भदौको मध्यरातिबाट लागू गरेको निषेधाज्ञा बुधबारबाट समाप्त हुँदै छ ।

उपत्यकालगायत केही जिल्लामा निषेधाज्ञा जारी रहेकै बेला कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा मात्रै थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी काठमाडौंमा१९९, भक्तपुरमा १४ र ललितपुरमा १९ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार देशभर कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।

यो पनि