काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण वीरगञ्ज गण्डक कोभिड अस्पतालमा बाराका दुईजनाको मृत्यु भएको छ । मंगलबार वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।
सो अस्पतालमा मृत्यु हुनेमा सुवर्ण गाउँपालिका–४ परशुरामपुरका ७२ वर्षीय र महागढीमाई नगरपालिका ४ दहियारटोल बस्ने ५९ वर्षीय पुरुष छन् ।
भदौ ६ गते कोरोना पुष्टि भएका ७२ वर्षीय वृद्धलाई भदौ ८ गते गण्डक कोभिड अस्पतालमा उपचारका लागि भर्नाका ल्याइएको थियो ।
त्यसैगरी अर्का मृतक महागढीमाई नगरपालिकाका ५९ वर्षका पुरुष भदौ ५ गते गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए । उनी निमोनियापीडित थिए ।आइसियुमा राखी उपचार गर्ने क्रममा उनको मंगलबार मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । जसमध्ये ३० जना पर्साका मात्रै हुन् ।