मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाका कारण काठमाडौंमा थप एक जनाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोनाबाट काठमाडौंमा थप एक जनाको मृत्य भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत काठमाडौंका स्थायी ६६ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो । 

मृतक निमोनियाका बिरामी भएको चिकित्सकले बताएका छन् । ६६ वर्षीय पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोनाका करण मृत्यु हुनेको संख्या १५८ पुगेको छ ।

नेपालमा कुल ३२ हजार ६ सय ७८ संक्रमित भएकामा १८ हजार ८ सय ६ जना निको भएर घर फर्किएका छन् ।


कस्तो लाग्यो ?

यो पनि