बैशाख २२, २०८१, शनिबार
               

बिपी कोइराला प्रतिष्ठानमा एक कोरोना संक्रमित युवकको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

विराटनगर । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिराहा लहानका २२ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । 

आइतबार कोरोना संक्रमण पुष्टि भएका उनको मृत्यु उपचारका क्रममा सोमबार दिउँसो ३ बजे भएको हो । 
संक्रमण पुष्टिपश्चात् आइसोलेसनमा राखेर उपचार गर्दैगर्दा उनको मृत्यु भएको सो प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

सापकोटा श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २ गते अस्पताल भर्ना भएका थिए । उनी मुटुका बिरामी पनि रहेको बताइएको छ । धरानमा शनिबारयता लगातार तीनजनाको मृत्यु भएको छ। 

यो पनि