बैशाख २२, २०८१, शनिबार
               

१५० जना डाक्टरद्वारा सामूहिक राजीनामा

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । वीरगञ्जका १५० जना डाक्टरले सामूहिक राजीनामा दिएका छन् । निजी अस्पतालमा कार्यरत डाक्टरहरूले पाँच बुँदे माग राखेर ७ दिने अल्टिमेटम दिएकाे तर पूरा नभएको भन्दै आज सामूहिक राजीनामा दिएका हुन् । 

एमबीबीएस डाक्टरहरूले न्यूनतम ६५ हजार तलब पाउनुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जीवन बीमा गर्नुपर्ने, अस्पतालमा काम गर्दा क्वारेन्टिनमा अस्पतालले नै सुविधा दिनुपर्ने, विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराउनुपर्ने, कार्यअवधिमा कोरोना संक्रमण भएमा अस्पतालबाट निःशुल्क उपचार पाउनुपर्ने लगायतका माग राखेका थिए । 

उनीहरू कार्यरत अस्पताल प्रशासन, नेपाल चिकित्स संघ, जिल्ला प्रशासन कार्यालयमा उनीहरूले माग पेश गरेका थिए । कोरोना भाइरसको महामारीको समयमा अग्रपंक्तिमा रहेर कार्यरत डाक्टरहरूको मागप्रति सरोकारवाला उदासिन बन्दा सामुहिक राजीनामा दिन बाध्य भएको उनीहरूले बताए । 

यो पनि