बैशाख २१, २०८१, शुक्रबार
               

विराटनगरमा थप एक कोरोना संक्रमित ६५ वर्षीय बृद्धको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । विराटनगरमा थप एक कोरोना संक्रमित ६५ वर्षीय बृद्धको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल (कोभिड १९) उपचार केन्द्रमा आइतबार राति विराटनगर–८ निवासी बृद्धको मृत्यु भएको उक्त अस्पतालले जनाएको छ ।

उनको गत ४ गते भदौमा स्वाब संकलन गरिएको थियो भने आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालको भनाइ छ ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकी नै कोशी अस्पतालमा भर्ना गरिएको थियो । योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १० जना पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि