बैशाख २७, २०८१, बिहीबार
               

मृतकमा कोरोना पुष्टिको खबरले मलामीको भागाभाग

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

बुटवल । एक वृद्धमा मृत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको छ । भारतको नौतनवामा उपचारका लागि लैजाँदै गर्दा शनिबार मृत्यु भएका रोहिणी गाउँपालिका–३, धकधईका ५३ वर्षीय पुरुषमा मृत्युपश्चात कोरोना पुष्टि भएको हो । 

बाटोमै मृत्यु  भएका उनको शव नेपाल ल्याइ बुटवलमा परीक्षण गर्दा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले जानकारी दिएको हो ।

स्वाब संकलन गरी सो शव परिवारलाई जिम्मा लगाइयो । सोपश्चात परिवार तथा आफन्तले शवको अन्त्यष्टि गरे । अन्त्यष्टि गर्दागर्दै  कोरोना भएको पुष्टि भएको खबर आयो । योसँगै  दाहसंस्कारका लागि गएका मलामीको भागभाग भएको थियो ।

मृतकको मलामीमा १०० भन्दा बढी सहभागी भएको गाउँपालिका अध्यक्षले जानकारी दिएका छन्। अध्यक्षका अनुसार मृतकका आफन्त, मलामी गएका सबैलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ ।

 योसँगै रुपन्देहीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि