बैशाख २७, २०८१, बिहीबार
               

कर्णाली प्रदेशमा थप चार जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा चारजना कोरोना (कोभिड–१९) संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल,पशुपक्षीरोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा  आइतबार सो प्रदेशमा थप चारजना संक्रमित थप भएका हुन् ।

आइतबार थपिएका संक्रमितमध्ये सुर्खेत र जुम्लाका दुई,दुई जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २२४४ पुगेको छ ।

त्यसैगरी, कर्णालीमा आइतबार थप चारजना कोरोना संक्रमित डिस्चार्ज भएका छन्  । योसँँगै प्रदेशमा डिस्चार्ज हुनेको कुल संख्या १९७३ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा ६ जना संक्रमितको मृत्यु भइसकेका छन् भने २६५ जना आइसोलेसनमा छन् ।


कस्तो लाग्यो ?

यो पनि