बैशाख २८, २०८१, शुक्रबार
               

थप एक कोरोना संक्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

वीरगन्ज । वीरगन्जस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका–११ श्रीपुरकी ५६ वर्षीय महिलाको शनिबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

ती महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै गत साउन २४ देखि वीरगन्ज हेल्थ केयरमा उपचाररत थिइन् । 

ज्वरो, खोकी, थाइरोइड, श्वासप्रश्वासको समस्याबाट ग्रसित उनलाई अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार थालिएको थियो ।

स्वास्थ्य अवस्था झन बिग्रिएपछि उनलाई पछिल्लो १२ घन्टा भेन्टिलेटरमा उपचार गर्ने क्रममा शनिबार बेलुका मृत्यु भएको प्रशासन कार्यालयले जनाएको छ ।

योसँगै पर्सामा मात्रै २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि