बैशाख २७, २०८१, बिहीबार
               

कोरोनाबाट शनिबार मात्र ९ जनाकाे मृत्यु, कुल १४६ पुग्यो

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण १४६ जनाको मृत्यु पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार सुनसरीमा ६ वर्षीया बालिकासहित २ जना, पर्सामा ३ जना, बारा १ जना, सिरहा १ जना, मकवानपुर १ जना र भक्तपुरमा १ जना गरी १४६ जनाकाे मृत्यु भएकाे हाे । 

हालसम्म ५ लाख ९२ हजार ४१८ जनाको पीसीआर परीक्षण गरिएको छ। विगत २४ घण्टामा जम्मा १२४ जना उपचारपछि डिस्चार्ज भएका छन्। हालसम्म १८ हजार ३५० जना डिस्चार्ज भएका छन्।


कस्तो लाग्यो ?

यो पनि