बैशाख २१, २०८१, शुक्रबार
               

कर्णाली प्रदेशमा थप ६२ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । कर्णाली प्रदेशमा ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा जुम्लाको हिमा गाउँपालिकाका ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यसैगरी सुर्खेतस्थित प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा दैलेख, कालीकोट र बाँकेका एक/एक जनामा कोरोना पुष्टि भएको छ । रुकुम पश्चिमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणमा रुकुम पश्चिमकै मुसिकोट नगरपालिका  पनि ३ जनामा कोरोना पुष्टि छ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २२२५ पुगेको छ ।

सो प्रदेशमा हालसम्म १९४५ जना  डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ । हाल सो प्रदेशमा २७४ जना आइसोलेसनमा छन् ।


कस्तो लाग्यो ?

यो पनि