बैशाख २१, २०८१, शुक्रबार
               

कोरोनाका कारण पर्साको वीरगञ्जमा थप एकको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । पर्साको वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट शुक्रबार वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो । 

नारायणी अस्पतालको आईसीयुमा उपचाररत उनलाई कोरोना संक्रमण पुष्टि भएपछि साउन ३२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो ।

उनी मुटुसम्बन्धी समस्याबाट ग्रसित उनी हाइपरटेन्सन र उच्च रक्तचापबाट पीडित रहेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालका अनुसार  उनको अवस्था गम्भीर भए पनि उनका आफन्तले रेमडेसिभर औषधि ल्याउन नसकिरहेका थिएनन् । 

योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । मृत्यु हुनेमा २५ जना पर्साका, ५ जना बाराका र रौतहटका दुई जना छन् ।


कस्तो लाग्यो ?

यो पनि