बैशाख १५, २०८१, शनिबार
               

कोरोनाका कारण काठमाडौंकी एक महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण बिहीबार  काठमाडौं भीमसेनस्थानकी ६५ वर्षीया महिलाको निधन भएको हो । 

काठमाडौं मेडिकल कलेजमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणकै कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ। 

यस्तै पछिल्लो २४ घण्टामा निको भएर घर फर्किनेको संख्यख  दुई सय ६३ पुगेको छ । योसँगै निको भएर घर फर्कनेको संख्या १७ हजार नाै सय ६४ पुगेको छ । हाल ११ हजार पाँच सय ५५ जना सक्रिय सङ्क्रमित छन् भने ११ हजार सात सय ६८ जना क्वरेन्टाइनमा रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि