बैशाख १५, २०८१, शनिबार
               

थप ६ जनासहित कोरोनाबाट मृत्यु हुनेकाे संख्या १२६ पुग्यो

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंकी एक महिला, मकवानपुरका १ पुरुष, सप्तरीका १ पुरुष तथा पर्साका १ महिला र २ पुरुष गरी छ जनाको मृत्यु भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६३ जना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या १७ हजार नाै सय ६४ पुगेको छ । अहिले ११ हजार पाँच सय ५५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ११ हजार सात सय ६८ जना क्वरेण्टीनमा रहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि