बैशाख १५, २०८१, शनिबार
               

चितवनमा एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरूषको चितवन भरतपुर अस्पतालमा कोरोनाको उपचारका क्रममा मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि आईसीयूमा उपचाररत उनको बिहीबार मृत्यु भएको हो । उनी क्षयरोग, फोक्सोको समस्यालगायत दीर्घरोगका बिरामी थिए । 

योसँगै चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । जसमध्ये ३ जना चितवनका हुन् भने एक जना हुन् । चितवनका संक्रमितमध्ये भतरपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाका १/ १ जना रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि