बैशाख २७, २०८१, बिहीबार
               

थप २ जना कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

गत साउन २० गतेदेखि अस्पतालमा उपचाररत काठमाडौं निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएकाे छ । 

त्यस्तै नारायणी अस्पतालमा शनिबार राति मृत्यु भएका रौतहटका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार राति ८ बजे मृत्यु भएका रौतहटका ३२ वर्षीय युवकमा आइतबार कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा.उदय नारायण सिंहले जानकारी दिए ।

यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १०६ पुगेको छ। 


कस्तो लाग्यो ?

यो पनि