बैशाख २७, २०८१, बिहीबार
               

कोरोनाबाट पर्सामा एक ६० वर्षीय बृद्धको मृत्यु

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । पर्सा जिल्लामा कोरोनाबाट एक ६० वर्षीय पुरुषको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकास्थित मुर्लीका निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । ती बृद्धको गत साउन ३० गते साँझ मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पतालले जनाएको छ ।

उनलाई कोरोना संक्रमण भएपछि गत साउन २४ गते उनी वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतक ती बृद्ध पहिलादेखि नै उच्च रक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट पीडित भएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि