जेठ ०७, २०८१, सोमबार
               

कोसी अस्पतालमा उपचाररत काेराेना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

मोरङ । कोसी अस्पतालमा उपचाररत एक पुरुषकाे काेरोनाका कारण मृत्यु भएकाे छ । 

आइसोलेसनमा उपचाररत सिरहाको विष्णपुर गाउँपालिका–१ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार मृत्यु भएको स्रोतले जनाएकाे छ । 

ज्वरो, टाइफाइड, खोकी र श्वास–प्रश्वाससम्बन्धी समस्या भएर सिरहाबाट आएर बुधबार अस्पतालको आइसोलेसनमा भर्ना भएका उनको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए ।

 


कस्तो लाग्यो ?

यो पनि