जेठ ०७, २०८१, सोमबार
               

कोरोनाका कारण बिहीबार थप दुईको निधन

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोनाका कारण बिहीबार थप दुईको निधन भएको छ  । योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या ९६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट निधन भएको हो ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बुधबार राति मृत्यु भएको हो ।

त्यसैगरी, अछामको रामारोशन नगरपालिका–५ का १८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । मुटुको बिरामी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि