जेठ ०७, २०८१, सोमबार
               

कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९५ पुग्यो

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत  पुष्टि गरेकाे छ । 

बिहीबार मन्त्रालयमा नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण मृत्यु हुनेको ९५ जना पुगेकाे पुष्टि गरेका हुन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार महाेत्तरीकाे मतियारी-६ का एक पुरुषकार् रामजानकी मन्दिरमा गत साउन २५ गते उपचराकाे क्रममा मृत्यु भएकाे हाे । त्यस्तै धनुषा जिल्ला मिथिला नपा- ७ की ८५ वर्षीया एक महिलाका विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा उपचारकाे क्रममा मृत्यु भएकाे छ । 

मन्त्रालयका अनुसार अछाम रामाराेशन-५ का १८ वर्षीय एक पुरुषकाे पाटन स्वास्थ्य प्रतिष्ठनमा उपचारकाे क्रममा मृत्यु भएकाे छ भने माेरङकाे विराटनगर- ३ का एक पुरुषाकाे काेसी अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे । 

प्रदेशगत विवरण अनुसार मृतकमध्ये प्रदेश १ का ८ जना, प्रदेश २ का ३९ जना, बागमतीका १८, गण्डकीका ६ जना, प्रदेश ५ का १२ जना, कर्णाली ४ जना र सुदूरपश्चिमका ८ जना छन् ।


कस्तो लाग्यो ?

यो पनि