जेठ ०७, २०८१, सोमबार
               

बुटवल कोरोना अस्पतालमा दुई जनाको मृत्यु, स्वास्थ्य मन्त्रालयले जानकारी दिन बाँकी

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । उपचारको लागि बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा भर्ना भएका दुई जनाको मृत्यु भएको छ । आइसोलेसनमा भर्ना भएका कपिलवस्तु नगरपालिका– २ तौलिहवाका ४२ वर्षीय पुरुष र कपिलवस्तुकै कृष्णनगरका निवासी २५ वर्षीय पुरुषको गएराति मृत्यु भएको उक्त अस्पतालले जनाएको छ ।

प्राप्त जानकारी अनुसार ४२ वर्षीय पुरुष गत साउन २५ गते र २५ वर्षीय पुरुष गत साउन २७ गते अस्पतालमा भर्ना भएका थिए ।

४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भए पनि २५ वर्षीय पुरुषको भने स्वाब परीक्षण हुन बाँकी रहेको अस्पतालको भनाइ छ । यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले भने जानकारी दिन बाँकी रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि