जेठ ०७, २०८१, सोमबार
               

थप एक कोरोना संक्रमितको अस्पताल लैजाने क्रममा एम्बुलेन्समै मृत्यु

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । देशमा थप एक कोरोना संक्रमित पुरुष ८० वर्षीय बृद्धको एम्बुलेन्समा राखेर अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । सप्तरी जिल्लास्थित डाक्नेश्वरी नगरपालिका– ८ घर भई हाल राजविराज ६ सिरहा रोडमा बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मृतक बृद्धलाई चार दिनअघि ज्वरो आएको र स्वाब परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स मगाइएको थियो । तर, एम्बुलेन्समा राखेर अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालयका अस्पताल स्रोतले जनाएको छ ।

उनी यसअघि मुटु सम्बन्धी रोगी थिए भने थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत रोगी थिए । यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले भने जानकारी दिन बाँकी रहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि