काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमित ४५ वर्षीया महिलाको मृत्यु भएको छ । वीरगञ्जस्थित महानगरपालिका–१५ भेडियाही कि ४५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको मृत्यु भएपछि नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा कोरोना रिपोर्ट पोजेटिभ आएको बताइएको छ । यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले भने जानकारी दिन बाँकी रहेको छ ।