मंसिर ०७, २०८१, शुक्रबार
               

एकैदिन कोरोनाबाट ५ जनाकाे मृत्यु, कुल मृतककाे संख्या ६३ पुग्यो

नेपाल फ्ल्यास
साउन २१, २०७७

सांकेतिक
ADVERTISEMENT

काठमाडौं । काठमाडौंमा एक जनासहित बुधबार एकै दिन पाँच जना व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या ६३ पुगेको छ । बुधबार मोरङ्गमा दुई जना, पर्सामा दुई जना र काठमाडौंमा एक जना गरी पाँच जनाको काेराेनाबाट मृत्यु भएकाे पुष्टि भएको हो ।

विराटनगरको कोसी अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका विराटनगर ९ का ४५ वर्षीय पुरुष र रङ्गेली ८ का ४५ वर्षीय पुरुषको ज्यान गएको कोसी अस्पतालका प्रवक्ता डाक्टर लक्ष्मीनारायण यादवले जानकारी दिए ।

पर्साको वीरगञ्ज–१५ भिश्वाका ४६ वर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ वर्षीया युवतीको काेराेना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै गएको १६ गते अस्पताल भर्ना गरिएकी सर्लाही मलङ्गवाकी ६५ वर्षिया महिलाको मृत्यु भएको सशस्त्र प्रहरी अस्पताल बलम्बु काठमाडौंले जनाएको छ ।

यसैबीच सप्तरीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ । तर उनीहरूको स्वाब सङ्कलन गरी कोरोना परीक्षणका लागि प्रयोशाला पठाइएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि