मंसिर ०७, २०८१, शुक्रबार
               

कोशी अस्पतालमा एक पुरुषको मृत्यु

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

उदयपुर  ।विराटनगरस्थित कोशी अस्पतालमा  एक पुरुषको मृत्यु भएको छ ।

उदयपुर बेलका नगरपालिका–१ का ५५ वर्षीय वेदप्रसाद न्यौपानेको मंगलबार बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनदाल दासले बताए । 

न्यौपानेलाई बेलकाबाट उपचारका लागि सोमबार राति विराटनगर ल्याइएको थियो । मोरङ बूढीगंगा गाउँपालिकामा रहेको विराट टिचिङ अस्पतालमा भर्ना गर्न खोजिए पनि अस्पतालले पीसीआर परीक्षणको रिपोर्ट नभएको भन्दै भर्ना लिन नमानेको बताइएको छ । 

विराट पुप्याउँदा उनलाई १०४ डिग्री ज्वरो पनि थियो । त्यसपछि कोशी अस्पताल ल्याइएको र उनको बिहान लगभग १ बजेतिर मृत्यु भएको डा.दासले बताए । न्यौपानेलाई केही दिनअघि जण्डिसको समस्या भएको परिवारले बताए ।

कोशीमा ल्याएर आइसोलेसनमा  उपचारका लागि भर्ना गर्ने तयारी हुँदै गर्दा न्यौपानेको मृत्यु भएको बताए । ‘ज्वरो आए पछि उनलाई कोरोनाको आशंका गरिएको र आइसोलेसनमा राखेर उपचार गर्ने तयारीमा उनको मृत्यु भएको डा. दासले जानकारी दिए । अस्पताल पुगेको १५ मिनेटमा न्यौपानेको मृत्यु भयो । 

मृतकको स्वाब संकलन गरी परिक्षणको प्रक्रिया अघि बढाइएको बताउँदै दासले स्वाबको पीसीआर परीक्षण गरेर रिपोर्ट आइसकेपछि मात्रै ती पुरुषमा कोरोना भए नभएको पुुष्टि हुने जानकारी दिए ।

पीसीआर परीक्षण रिपोर्ट आइसकेपछि सबै पक्षसँग समन्वय गरेर शव व्यवस्थापनको प्रक्रिया अघि बढाइने उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि