मंसिर ०७, २०८१, शुक्रबार
               

वीरगञ्जमा थप २ जनाको मृत्यु, कुल मृतक संख्या ५१ जना

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

विरगञ्ज । बुधबार कोरोना भाइरसको संक्रमणका कारण वीरगञ्जमा दुई जनाको मृत्यु भएको छ । विशेष गण्डक अस्पतालमा ६८ वर्षीय पुरुष र नेशनल मेडिकल कलेजमा   ७१ वर्षीय पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ । 

६८ वर्षीय पुरुष साउन ८ गते अस्पताल भर्ना भएका मुटु र निमोनियाका बिरामी थिए । उनको बुधबार विहान उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी अर्का ७१ वर्षका पुरुष पखालाका कारण उपचारका लागि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए । उनी पनि मिर्गौलाका बिरामी रहेको बताइएको छ । कोरोना परीक्षणका लागि उनको स्वाब संकलन गरिए पनि रिपोर्ट नआउँदै उनको निधन भएको थियो । तर, बुधबार बेलुका उनको रिपोर्ट पोजेटिभ आएको छ । 


कस्तो लाग्यो ?

यो पनि