मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना जित्न आत्मबल चाहिने रहेछ : नेता शाही

रासस
साउन ०७, २०७७

ADVERTISEMENT

कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना जितेका थिए । सुर्खेतबाट गृहजिल्ला हुम्ला जानका लागि नेता शाहीले गत असार २९ गते प्रदेश अस्पताल सुर्खेतमा आरटी पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काको प्रत्यक्ष निगरानीमा उनको  आफ्नै निवासमा आइसोलेशनमा बसेका थिए । नेता शाहीको आरटी पिसिआर परीक्षण गर्दा मङ्गलबार रिपोर्ट नेगेटिभ आएको हो । ‘उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ,’ निर्देशक डा खड्काले भने, ‘अब उनी सामान्य जीवनमा जान सक्ने भइसकेका छन् ।’

नेपाल सरकारका पूर्वमन्त्री शाहीले कल्पना नगरेको कुरा आफ्नो जीवनमा आइलाग्दा सुरुमा अलि तनावभए पनि पछि धैर्य गरेर त्यस अवस्थालाई आफूले सामान्य बनाएको बताए । मिडियाले आफ्नो गोपनीयताको ख्यालै नगरी नामै तोकेर समाचार लेख्दा आफूलाई नमजा लागेको अनुभूति उनले प्रकट गरे ।

यस्ता विषयमा मिडिया संवेदनशील हुनुपर्ने उनको सुझाव थियो । ‘मूलतः कोरोना भाइरस जित्न आत्मबल चाहिने रहेछ,’ नेता शाहीले भने, ‘मायाममताको बढी खाँचो पनि त्यत्तिकै हुँदो रहेछ ।’ कोरोनाले नभई मनोविज्ञानले मान्छेलाई गलाउँदो रहेछ भन्ने अनुभूति भएको प्रतिक्रिया दिँदै उनले भने, ‘आत्मबल कमजोर नै बनाइएन । घरमै बसेर तातोपानी खाइयो । दैनिक पसिना बग्ने गरी अभ्यास गरियो । रोग त आफैँ च्वाट भयो ।’

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि