मंसिर ०१, २०८१, शनिबार
               

पछिल्लो २४ घन्टामा काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा‍ जागेश्वर गौतममले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएका छन् । 

डा‍ गौतमले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । 

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका दुई जनामा कोरोना संक्रमण देखिएको छ,’ उनले भने, ’यस्तै पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना देखिएको छ ।’

पछिल्लो २४ घण्टामा नेपालमा थप १८६ जनामध्ये तीन जना काठमाडौं उपत्यकाका हुन् ।

देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

देशभर सक्रिय संक्रमितको पाँच हजार ९३६ रहेको छ । पाँच सय भन्दा सक्रिय संक्रमित रहेका तीन जिल्लामा रौतहट कैलाली र बाजुरा रहेका छन् ।

यस्तै शून्य संक्रमित रहेका ८ जिल्लामा भोजपुर, पाँचथर, रसुवा, धनकुटा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला रहेका छन् ।

पछिल्लो २४ घण्टामा १७३ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट ११ हजार ८६८ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

मन्त्रालयले हालसम्म देशभरबाट करिब ६६ दशमलव ५१ प्रतिशत संक्रमित निको भएर डिस्चार्ज भएका जानकारी दिएको छ । 

त्यसैगरी  मन्त्रालयले   कुल २२ हजार २२८ जना क्वारेन्टाइमा रहेको बताएको छ । कोरोनाकै कारण नेपालमा ४० जनाले ज्यान गुमाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि