बैशाख २७, २०८१, बिहीबार
               

शवबाट कोरोना सर्दैन : प्रवक्ता गाैतम

नेपाल फ्ल्यास
असार २०, २०७७

corona briefing photo 2
ADVERTISEMENT

काठमाडाैं ।स्वास्थ्य मन्त्रालयले शवबाट कोरोना संक्रमण नसर्ने बताएको छ । 

कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको अन्त्येष्टि कार्यमा विभिन्न स्थानमा स्थानीयले विरोध गर्ने बढिरहेका बेला स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा प्रवाक्ता जागेश्वर गौतमले यस्तो बताएका हुन् । 

 प्रवक्त जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु भएकाको शवबाट कोरोना नसर्ने भएकाले आफ्नै रितिरिवाजअनुसार शव अन्त्येष्टि गर्न सकिने बताए । 

‘कोरोना संक्रमितको शव जमिनमा खाल्डो खनेर गाड्ने, जलाउने वा अन्य तरिकाले आफ्नै रितिरिवाजअनुसार व्यवस्थापन गर्न सकिन्छ,’ उनले भने, ‘मृत्यु भइसकेकाले श्वासप्रश्वासलगायत क्रियाकलाप गर्दैन। खोक्ने, हाछ्यु गर्ने र थुकका छिटाबाट कोरोना सर्ने हो जुन कार्य मृत्यु भइसकेकोले गर्दैन ।’

तर, उनले शव व्यवस्थापन गर्दा सावधानी अपनाउन भने सुझाव दिएका छन् । 

शनिबार मात्रै गोरखामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीय र प्रशासनबीच विवाद भएको छ । सो विवाद बढ्दै गएपछि प्रहरीले स्थानीयको भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास नै प्रहार गर्नुपरेको थियो । 

यसैगरी यसअघि पनि पोखरालगायत अन्य स्थानमा कोरोना संक्रमतिको शव व्यवस्थापनमा विवाद हुँदै आएको छ । 

यो पनि