काठमाडौं । नेपालमा कोरोनाबाट थप एक पुरुषको मृत्यु भएको छ । गएराती गोरखा अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाले जानकारी दिए ।
योसँगै नेपालमा काेराेना संक्रमितबाट मृतककाे संख्या ३३ पुगेको छ । उपचारको लागि अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका पालुङटार नगरपालिका– ७ का ४४ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको डा. थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ती व्यक्ति दीर्घरोगी भएको र कोरोनासँगै निमोनियाबाट पनि ग्रसित भएको डा. नविन थापाले बताए ।