जेठ ०४, २०८१, शुक्रबार
               

गण्डकीमा प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

काठमाडौं । शुक्रबार गण्डकीमा प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन् । उक्त प्रदेशका विभिन्न चार जिल्लामा शुक्रबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कुल संक्रमित संख्या ७९२ जना पुगेको छ ।

कोरोना नियन्त्रण तथा रोकथाम गण्डकी प्रदेशका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माले शुक्रवार बिहान विज्ञप्ति जारी गर्दै तनहुँ, स्याङ्जा, बाग्लुङ र नवलपरासीमा २५ जनामा संक्रमित थपिएको पुष्टि भएको जनाएका छन् ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको व्यास नगरपालिकाका ४९ र ३० वर्ष उमेरका दुईजना पुरुष, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय एकजना पुरुष र बाग्लुङको बरेङ गाउँपालिकाका २३ वर्षीय एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)  गैँडाकोट नगरपालिकाका ५३, ३४, २३, ३५, ५२, ५२ र २५ वर्ष उमेरका ७ जना पुरुष तथा कावासोती नगरपालिकाका २४, २४, ३०, ३३, ३०, ३५, २२, १८, २९, ५८, ३५ र १८ वर्षका १२ जना पुरुष तथा ३७ र २५ वर्ष उमेरका दुईजना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  


 


कस्तो लाग्यो ?

यो पनि