जेठ ०१, २०८१, मंगलबार
               

१४ दिन क्वारेन्टाइनमा राखेर घर पठाइएकाहरुमा कोरोना संक्रमण

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडौं । सुदूरपश्चिम प्रदेशका क्वारेन्टाइनबाट घर पठाएकामा कोरोना संक्रमण देखिएको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयले जेठ २९ गते लक्षण नदेखिएहरुलाई घर पठाउन पालिकालाई निर्देशन दिएअनुसार नै उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर रिपोर्ट नआई घर पठाइएको थियो । 

यसै निर्देशनबमोजिम सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ३५ हजारभन्दा बढीलाई घर पठाइएको थियो । 

तर, घर पठाएका दुई सय ५० भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

१४ दिनसम्म क्वारेन्टाइनमा राख्दा कुनै लक्षण नदेखिएकाले डाक्टरको सल्लाहअनुसार नै घर पठाएको स्थानीय तहले दाबी गरेका छन् । 

यो पनि