जेठ ०५, २०८१, शनिबार
               

स्याङ्जाका एक कोरोना संक्रमित पुरुषकाे पोखरामा मृत्यु

नेपाल फ्ल्यास
असार ११, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

काठमाडौं । पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ ।

स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ ।

मृतक ती व्यक्तिलाई गत असार ८ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । प्राप्त जानकारी अनुसार ती पुरुष डायबिटिजबाटसमेत पीडित भएको जनाइएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि