काठमाडौँ । भैरहवास्थित भीम अस्पतालबाट गत जेठ १९ र २० गते भर्ना भएका २७ मध्ये २६ जना डिस्चार्ज भएका छन् ।
उनीहरूलाई अस्पतालले मङ्गलवार डिस्चार्ज गरिएको हो ।
आइसोलेसनमा बसेकामध्ये २६ जनामा कोरोनाका पोजेटिभ नदेखिएपछि उनीहरूलाई अस्पतालले डिस्चार्ज गरेको छ ।
भर्ना भएकामध्ये एकजनामा ज्वरो आएकाले उनलाई डिस्चार्ज नगरिएको अस्पतालले जनाएको छ ।
मङ्गलवार डिस्चार्ज हुनेहरुमा १९ देखि ७० वर्ष उमेरका रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.नवीन दर्नालले जानकारी दिए ।
डिस्चार्ज हुनेमा रुपन्देही र कपिलवस्तु जिल्लाका विभिन्न स्थानीय तहका बिरामी रहेको बताइएको छ ।
कोरोनामुक्त भएसँगै उनीहरूलाई अस्पतालले सादर बिदाइ गरेको थियो ।