बैशाख २६, २०८१, बुधबार
               

यस्तो छ, स्वास्थ्य मन्त्रालय र सीसीएमसीबीचको विवादको रहस्य

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

काठमाडाैं । जनस्वास्थ्य संकटकाल घोषण गर्ने सरकराको योजना संकटमा परेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीसीएमसीबीच विवाद उत्पन्न हुँदा सरकारको संकटकाल घोषण गर्ने योजना संकटमा परेको हो । 
पछिल्लो समय दुई निकायका विवाद सतहमा आउने गरेका छन् । त्यसैमध्येको स्वास्थ्य संकटकाल घोषणा एक हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तत्काल स्वास्थ्य संकटकाल घोषणा पक्ष देखिएको छ । तर, सीसीएमसी भने त्यसको विपक्षमा उभिएकाे छ । 

नेपालमा कोरोना संक्रमितको संख्या बढे पनि महामारी आइनसकेकाले संकटकाल घोषणा गर्न नहुने तर्क सीसीएमसीकाे छ । 

‘संकटकाल घोषणाका लागि संक्रमितको संख्या दुई–पाँच हजार पुगेर मात्र पुगेर हुँदैन,’ सीसीएमसी भन्छ, ‘अक्सिजनको साहारासहित ७५० जना, आईसीयूमा २५० र आइसोलेसन चार हजार बिरामी हुनुपर्छ ।’

साथै,नेपालमा स्वास्थ्य संकटकाल घोषणाका लागि संक्रमितको संख्या पुगे पनि अन्य मापदण्ड पूरा नभएको सीसीएमसीको दाबी छ । 

स्वास्थ्य मन्त्रालय भने दुई हजार संक्रमित पुगेसँगै स्वास्थ्य संकटकाल घोषणा गर्न ढिला भइसकेको बताउँदै आएको छ । 

तर, सीसीएमसी यसलाई स्वास्थ्य संकटकाल घोषणपश्चात् आवश्यकीय वस्तु विनाप्रतिस्पर्धा खरिद गर्न पाइने, सार्वजनिक खरिद ऐनको कानुन आकर्षित नहुने,  र सम्पूर्ण अधिकारी स्वास्थ्य सचिवमा केन्द्रित गर्ने प्रावधानका कारण स्वास्थ्य मन्त्रालय जनस्वास्थ्य संकटकाल घोषणाका लागि हतारिएको दाबी गर्छ । 

यो पनि